Thursday, July 19, 2018

के भगवान स्वयंलाई पाप लाग्छ ?


म कम्युनिस्ट हॅु, धर्मलाई भन्दा बिज्ञानलाई मान्ने । सम्यवादिहरु धर्ममा विश्वास राख्दैनन् रे ! त्यहि भेट्नसक्यो मसँग भएको ज्ञानको स्रोतले । तर हिन्दु धर्म धान्दिने ठेक्का लिएको बाहुनको घरमा जन्म लिएपछि भगवान नमानी सुखै थिएन मलाई ।

धर्म एउटै भएपनि भगवान अनगिन्ती ! तेत्तिस कोटीबाट आफ्नो आवश्यकता अनुसार छान्न पाइने । आवश्यक परेको बेला मन्दिर गयो बिस रुप्याको फुल अक्षता चढाएर लाखौं करोडौंको काम गरिदिन चाप्लुसी गरेर फर्क्यो । सस्तो मै काम बन्ने ।

समय परिवर्तनशील छ । र परिवर्तन अपरिहार्य । संसार बदलिदै, मानव सभ्यता सुधारिदै यहाँसम्म आइपुग्यो । हामी आजपनि परिवर्तन खोजिरहेका छौं । तर भगवानमा परिवर्तन कहिल्यै देखिन मैले । पशुपतिनाथ र बुढानिलकण्ठको डिमाण्ड कहिल्यै बढेको देखिन न काम गर्ने शैली । सधैं बिस रुप्याको फूल अक्षता र एक रुप्याको ढ्याक मै खुसी छन् । सस्तो चाप्लुसी मै काम गराउन पाएकोमा सधैं मख्ख पर्दै फर्किन्छु म पनि । तर भगवानले काम गरेकी घरमै सुतेर मेरो पैसा फच्चे पार्दिए थाहा छैन मलाई । काम भए नभएको जाँच्ने साधन पनि त छैन मसँग ।

भगवानले समयसँगै चल्न नजानेपनि म त परिवर्तन हुनैपर्छ । एउटा प्रगतिशील कम्युनिस्ट यथास्थितिवादी कसरी बन्नसक्छ ?

भगवान परिवर्तन हुन तयार छैनन् भने मैले भगवान नै परिवर्तन किन नगर्ने ? मैले गर्ने चाप्लुसी नै हो त्यो जता गएर गरेपनि त भो । फेरी मैले जति चाप्लुसी गरेपनि यी भगवानले मेरो काम गरे कि गरेनन् थाहा पाउन पनि त सकिदैन ।

भगवान नै फेरिदिने । तर को छ त एउटा साम्यवादीले मान्नहुने भगवान ? प्रगतिशील पश्चिमाले मानेका प्रभु यशु ख्रिस्ट (जिसस्) ? अहँ हुदैन । पितृले सराप्छन् ।

मलाई साम्यवाद पढाउने, सुनौलो भविष्यको सपना देखाउने, यहि भुमीलाई स्वर्ग बनाउने संकल्प गरेर मरिमेटेका राजनैतिक नेत्रित्वलाई नै भगवान किन नमान्ने ? चिन्दै नचिनेका पशुपतिनाथलाई सधैं फूल अक्षता चढाउन जानुभन्दा त हामीलाई अधिकार दिलाउन, स्वतन्त्र बनाउन र हाम्रो सम्रिद्दीको लागी मरिमेटेका महामानवलाई भगवान मानेहुन्छ । मान्नुपर्छ । मान्छु । हो म त्यसै गर्छु ।

पशुपतिनाथ कहिले प्रतिपक्षमा हुन्थे कहिले सत्तामा केहि थाहा हुदैनथ्यो मलाई । तर अहिलेका भगवानबारे सबै थाहा हुन्छ । हाम्रा भगवान पावरमा हुनुहुन्छ अहिले । उहाँले चाहे नहुने केहि छैन । बिहानको घाम उहाँलाई सोधेर उदाउछ, फुल उहाँलाई देखेर मात्र मुस्कुराउँछ, अनि हावा र नदीनाला उहाँको इशारामा गति लिन्छन् । हाम्रा भगवानले पृथ्वीलाई पनि उल्टो घुमाइदीन सक्नुहुन्छ जस्तो लाग्छ मलाई त ! यति गर्न त पशुपतिनाथले नि सक्दैनथे होला !

हाम्रा भगवानको जयजयकार जति गरेपनि कम हुन्छ । शब्दहरु नै छान्न सक्दिन म त ! रेडियोमा उहाँको बोली सुन्न पाउँदा मात्र पनि कान नै पवित्र भएर आउँछन् । टेलिभिजनमा उहाँको अनुहार देख्न पाउँदा आँखा तेजिला हुन्छन्, आँखाको पावर चस्मा उत्रिन्छ । अझ उहाँलाई छुन पाए ! प्रतक्ष भेट्न पाए ! उहाँको पिसाबलाई गौमुत्र झैं पिउन पाए ! दिशालाई चन्दन झैं निधारमा लेप्न पाए ! जीवन सफल हुनेथियो होला ! 

भगवान हाम्रो भुमीलाई स्वर्ग बनाउने मिसनमा हुनुहुन्छ । ठूलाठूला बाटाघाटा, सरर कुद्ने रेल, पानीजहाज, हावाको विजुली, घरघरमा पाइपबाट आउने ग्याँस उहाँले हामीलाई दिएका वरदान हुन् । भगवानको जिम्मेवारी यहि हो । प्राथमिकता यहि हो । 

प्राथमिकता भन्ने अवधारणा कसले ल्यायो होला ? यो जरुरी छ होला र ? जिउदो रहन अन्नपानी, स्वास्थ्य उपचार नभइनहुने हो र ? पहिला मोटर किन्ने मेसो गरौँ अनि मोटर चढेर बाँच्नको लागि चाहिने अन्नपानी खोज्न हिडेपनि त ढिलो नहोला नि ? रेल र पानीजहाज ल्याउनुभन्दा पहिले जताततै भत्केका सडक देख्न आवश्यक छ र ? महामारीमा भोक-भोकै भौतारिएका गरिब नागरिक देख्न जरुरी छ र ? भगवान भैसकेपछि पनि प्राथमिकतामा अट्किन जरुरी छ होला र ? भगवानले त चमात्कार गर्ने हो, जताबाट सुरु गरेपनि त भयो नि !

जहाँ भगवान छन् त्यहाँ राक्षस पनि हुन्छन् । यहाँ पनि छन् । उनीहरु सम्वृद्धि चाहन्नन् । मेट्रो र मोनो रेल कुदेको, पानीजहाज आएको, घरघरमा पाइपलाइनबाट ग्याँस आएको, मेडिकल कलेज खुलेको देख्न चाहन्नन् । गरिव साम्यवादीहरू धनि भएको देख्न चाहन्नन् । यस भुमीलाई स्वर्ग भएको देख्न चाहान्नन् सायद । हाम्रा भगवानले दिएका उपदेशलाई, वरदानलाई, मार्गदर्शनलाई उखान टुक्का देख्नेहरुको कमी छैन । भगवानको उपदेशमा मार्सी भात गन्हाउछ रे ! बोल्ने मात्र गर्ने केहि होइन रे ! भगवान घमण्डी छन् रे ! अनपढ पाखण्डी झुण्डले घेरिएका छन् रे ! भगवानले टेकेको धरातल यथार्थपरक छैन रे !

भगवान भन्या भगवान हुन् । भगवान साधारण मान्छे होइनन् । र भगवानले कहिँ टेक्नु आवश्यक छैन । अनि भगवानले दिने भनेकै उपदेश हो, मार्गदर्शन हो । गर्ने आफैले हो । भागवत् गीता मान्नेहरुले पनि के बुझुन् भने; कृष्ण भगवानले पनि अर्जुनलाई मार्गदर्शन दिएकाहुन् । वाण हानेर कौरव सेना मार्ने अर्जुन स्वयं हुन् । भगवानले रेल, पानीजहाज, पाइपलाइनको ग्याँस भनि त सक्नुभो । अब केहि काम त आफै गर्नुपर्यो नि ! फेरी मेडिकल कलेज खोल्नलाई सकेको गर्नुभएकै हो, यती र ओम्नीको लागी सोच्दिनुभएकै छ, ७० करोड आदी इत्यादीलाई आश्रय छंदै छ, अझै कति गर्न सकुन विचरा ति एक्ला बुढा भगमानले ।
 
अनि हामी भक्तजनले त जताततै “भगवान धुर्बसत्य हुन् । भगवानले बोलेको र गरेको नै एकमात्र सत्य हो । बाँकी सब झुटो हो” भन्दै बसेहुन्छ होला नि ? भगवानले बोलेका काम जति हामीले आफै गर्नपर्ने त होइन होला नि ? 

त्यो जिम्मेवारी मेरै काँधमा त नआइहाल्ला नि ?
आयो भने ?
सम्झिदै कहाली लाग्ने !

अनि फेरी सोच्छु; के मैले मानेका भगवान साच्चिकै भगवान नै हुन् ? के भगवान यस्तै हुन्छन् ? “धनसम्पत्ति देखेपछि महादेवको पनि तेश्रो नेत्र खुल्छ” भनेको सहि होला त ? यो अरु भगवानमा पनि लागु होला त ? अनि के भगवानसँग पनि घमण्ड हुन्छ होला र ? कतै भगवान आफैले गलत बाटो त समातेनन् ? 

ओहो ! त्यो घमण्डी डाक्टर, त्यो पागल सहि त छैन ? त्यो मर्दा त्यसलाई कति फाइदा छ र मलाई कति ? अनि मेरो भगवानलाई कति ?

के भगवानले पाप र धर्मको हिसाव राख्छन् होला ? अनि के भगवान आफैलाई पनि पाप लाग्छ होला र ? अनि मलाई ? 

गलत संगत वा परिबन्दमा त परेनन् मेरा भगवान ?
कि भगवान कसैको दवाबमा परे ?
भगवान त कसैको दवाबमा परे होलान् तर म ?
म कसको दवाबमा परें ?
आफ्नो सोचको ? वा अज्ञानको ? वा आडम्बरको ?

Thursday, February 11, 2016

कन्सलटेन्सी की केटी

गट्ठाघर सम्म मात्र हो म लुखुर लुखुर हिँड्नुपर्ने । त्यहाँ पुग्दा नपुग्दै एउटा महिन्द्राको स्कोरपियो ‘प्याँ-प्याँ’ हरन बजाउँदै लीन आउँछ । बाटोमा घोप्टो परेर लडेको मोबाइल भेटेको छु आज त ! Iphone ! त्यै एप्पल कै Iphone ! मन फुरुङ्ग छ । हिडेरै पुग्दिन्छु डिल्लीवजारसम्म उस्तै परे ।  


उ आए बुढा हरन बजाउँदै । म नजिक रोकियो स्कोरपियो । म ढोका खोलेर सानसँग छिर्छु भित्र, सधैँ यसैगरी ।  

यी स्कोर्पियो वाला बुढा मेरा आफ्नै फुपाजु पर्छन्, टाढाका । म बाग्लुंगबाट काठमाण्डौ आउँदा हाम्रो वरिपरिमा यीनै बुढा मात्र थिए यो खाल्डोमा बस्ने । अनि नजिकका फुपाजु नभनी सुखै थिएन । असाध्य माया गर्छन् । सधैँ डिल्लीवजारसम्म आफ्नै गाडीमा पुर्याउन आउँछन् मलाई । मलाई पुर्याउन मात्रै चाइ आउँदैनन् बुढा । डिल्लीवजार मै हो इनको अफिस पनि । एउटा नामुद बैकको HR मेनेजर हुन् । मलाई यो फाइनान्स कम्पनीको अकाउन्टेन्ट बनाइदिने पनि यीनै बुढा हुन् । 


BBS पास गर्ने बित्तिकै जागिर पा’को हुम् । बेरोजगार भएर कसैको लागि ढुंगा हान्न हिँड्न परेन । ठुलै गुन ला’काछन् । म सधैँ यही स्कोरपियो बाट झर्छु डिल्लीवजार चोक देखी अलिक माथि पट्टि । अनि यो रातो रँगले पोतेको बिल्डिंगको तेस्रो तलामा उक्लिन्छु । बुढा मलाई झरालेर आफ्नो अफिसतिर हिँड्छन् । मलाई चाहिँ ड्राइभरले मालिकलाई अफिस छोडेर घर फर्के जत्तिकै सान पर्छ ।

Friday, January 15, 2016

राजनीति, मेरा बा र म

चार वर्षको हुँदादेखि चारतारे झुम्रोलाई लौरोमा बाँधेर “नेपाली काँग्रेस जिन्दाबाद” भन्न थालेको थिएँ रे मैले । मेरो जन्म कांग्रेसीको घरमा भएको थियो । म ‘कालो काँग्रेस बाइ बर्थ' रहेछु । मन भने असाध्य सेतो छ जस्तो लाग्छ आफैलाई । म मेरा बाउलाई घरमा चाइ ‘बुवा’ भनेर सम्बोधन गर्छु तर यता बाउ या बुढा लेखेँ भने अपमान गरे जस्तो नबुझियोस् । मनमा असाध्य धेरै सम्मान छ बुढाप्रति । बच्चा देखि अहिलेसम्म नाफाको आस नगरी लगातार लगानी गरेका छन् म मा । कमर्सको विद्यार्थी भएपछि नाफा नोक्सानको भाषा नबोली सुखै छैन । साँवाको ब्याज, ब्याजको प्याज, प्याजको स्याज असुल्ने नियत राखेर मात्र ऋण दिने भयो दुनियाँ तर बाउ आमाले हामीबाट असुल गर्ने भनेको हाम्रो सुरक्षित भविष्य मात्र होला जस्तो लाग्छ मलाई । त्यसैले पनि सबैका बाबु आमा प्रति मेरो सम्मान छ र सबै छोराछोरोले सधैँ आफ्नो दाइत्व याद राख्नुपर्छ जस्तो लाग्छ । मलाई त के के लाग्छ लाग्छ । दार्शनिक बनेर दर्शन छाँट्न बेर लाउँदिन उस्तै परे ।
 
मेरो राजनीति सँगको सम्बन्धको कुरा गर्दा मेरा बाउ लाई टाढा राख्न सकिँदैन । तीनै बुढाले थोपरेका थिए म मा यो सबै । देशलाई स्वतन्त्र बनाउन १८ महिना जेल बसेका बुढाको घरमा चाहिँ खासै स्वतन्त्रता थिएन । म तीनै बुढाको निरंकुश तन्त्रमा हुर्किएँ । गुच्चा खेल्न जाँदा पनि डराइ डराइ जानु पर्थ्यो, नहरमा नुहाउन पनि तीनै बुढाले रोक लगाएका थिए । यस्तै यस्तै थुप्रै । बडो कठिन थियो मेरो बाल्यकाल । केटी जिस्काउन त मरे पाइन्थेन । त्यसैको भडास निस्किन्छ सायद अचेल । जतापनि राम्री केटी देखे कन्ट्रोल नै हुदैन, जिस्काइहाल्छु ।

Thursday, December 31, 2015

यमराजसँगको भेट


 उभिने ठाउँसम्म थिएन त्यो बसमा । बल्लतल्ल ढोकामा खुट्टा अड्याउन मात्र सकेको थिएँ । भीडले धकेल्दै बीचसम्म कसरी पुर्यायो मलाई नै थाहा भएन । गुन्द्रुक खाँद्दा बरु “धेरै त थिचिएन” भन्ने सोचिन्छ होला तर त्यहाँ सोच्ने फुर्सद कसैलाई थिएन । एउटा हातले झुन्डिनसम्म पाए पनि भाग्यमानी भन्ने बनाइदिएको थियो नाकाबन्दीले ।

 
त्यो भीडमा कोचिँदै यात्रा गर्नेहरुमा म मात्र थिएँ होला “नाकाबन्दी जसले गर्यो ठीक गर्यो” भन्ने । कारण थिइन् त्यो भीडमा मसँगै टाँस्सिएर उभिएकी एउटी सुन्दरी । उनको सुन्दरता मेरा आँखाले मात्र बयान गर्न सक्छन्, अहँ शब्दहरूको कुरै नगरौं ।

 
उनलाई हेरिरहुँ जस्तो मात्र लागिरहेथ्यो तर आँखाहरू लजाएर अन्यत्र फर्किदिन्थे । उनलाई सधैँभरि अँगालोमा बेरेर राखौं जस्तो लागिरहेथ्यो तर त्यो भीडले धकेलेर उनि मसँग टाँस्सिदा आफैलाई अप्ठ्यारो लाग्थ्यो । भीडमा जानीजानी उनीसँग टाँस्सिने भुस्तिन्ग्रेहरुको कमी थिएन अनि मलाई भने त्यसै रिस उठिरहेथ्यो । कुर्लेर झपार्द्युं जस्तो लाग्थ्यो तर उनको र मेरो केही नाता पनि त थिएन । उनि मसँग रिसाइन् भने ! 

भीडले बीचमा च्यापिरहँदा मैले भीडलाई नै सकी नसकी एकातिर धकेलेर उनलाई उभिन सजिलो हुने ठाउँ खालि बनाइदिएँ । उनि झनै मेरो नजिक सरिन् । अचम्मको अनुभव हुदैथियो मलाई । भर्खरै भेट भएकी केटी, बर्षौंदेखिकी मेरी प्रेमिका हुन् जस्तो लाग्दै थियो ।

 
लगनखेल देखि बानेश्वर पुग्दासम्म मैले संसार नै बिर्सिसकेको थिएँ । मानौं मेरो संसार उनि मात्र हुन् । बानेश्वर कति चाडै आइपुगेछ । हतार भएको दिनमा त कति ढिलो चलाउँछ ठ्यास्नी ड्राइभर, आज चाइ हुइक्याउनु परेको । ड्राइभरलाई कुट्दिउँ जस्तो पनि लाग्यो । त्यो बस अनन्त: दौडिरहोस् जस्तो लागिरहेथ्यो । बस छोडेर झर्न कत्तिपनि मन थिएन । आँखा उनको अनुहारबाट अझैपनि हटेका थिएनन् तर बस नछोडी पनि त भएन । म बाहिर पुगेर हतार हतार उनीतिर फर्केँ । मैले जहाँ छोडेर झरेको थिएँ उनि त्यहाँ थिइनन् । लौ उनि त मेरो पछिपछि पो झरेकी रहेछिन्, छेउमै उभिएको पाएँ । मेरो अनुहार उज्यालो भयो ।

Friday, December 11, 2015

सामाजिक सञ्जाल र मेरो नाता


मेरा प्रतिभाहरु थुप्रै छन्: खान जतिपनि रुच्ने, दिनरात सुतिरहन सक्ने, टुइटरमा जतिबेलै तरुनी जिस्काउने तर हातपार्न चाहिँ एउटी नसक्ने, यस्तै यस्तै । झन्डै झन्डै छिप्पेको बोको जस्तै गन्हाउने बेला भैसक्यो, आफ्नो हुतीले एउटी तरुनी हात लागेकी छैन । अब बाउको अगाडी लम्पसार परेर “ल बुवा अब हजुरलाई बुहारी चाहिनेबेला भो” भन्न मात्र बाँकी छ ।
 

मान्नुस्, ख्याती कमाउने रहर सबैलाई हुन्छ । नमानेपनी मलाई के फरक पर्छ र ! म लिडे पारामा मान्नुस् भन्छु । सायद ख्याति कमाउने आसमा लेख्दैछु कि या अरू कुनै कारणले । म जान्ने पल्टेर लेखक बन्दैछु । यो मेरै लागी हो । मैले धेरै पाठकको अपेक्षा गरेको छैन तर पनि दुइचार जना साथीलाई पढ़दे न यार भनेर फोर्स पक्कै गर्छु । ज्ञान बाँड्ने मेरो धेय होइन, भए बाँड्ने न हो ।

कुरो मेरो ज्ञानको हो; प्रबिधि अनि सामाजिक संजालसंगको सम्बन्धको हो । म नौ कक्षातिर पढ्दा एकजना अंकलको घरमा कम्प्युटर किनेर ल्याएका थिए । सिडी चक्का घुसार्न र निकाल्न जान्दा नै केके न कम्प्युटर चलाउन जानियो जस्तो लाग्थ्यो । केहीपछि इन्टरनेट भन्ने सुनेकाहरुको संगत भयो र “Yahoo” मा खाता खोलेँ । Yahoo को  Chat Room अनि घण्टाको २० रूप्या कहिले नभुलिने याद हो । त्यहाँबाट सुरु भएको थियो आजको प्रबिधिसंगको मेरो सम्बन्ध । 

राम्री केटी मलाई सानैदेखि मन पर्थ्यो तर एउटै राम्री केटीलाई म मन पर्दैनथें । म अरूभन्दा कत्तिको फरक थिएँ थाहा भएन तर याहु च्याट बडो टेस पर्थ्यो । म राम्री केटीको खोजीमा हुन्थें । खाजा खान भनेर दिनको २० रूप्या पाइँदैनथ्यो होला तर दिनको कम्तीमा २० रुप्याको याहु च्याट खाइन्थ्यो । कसरी म्यानेज गरिन्थ्यो कुन्नि तर घाटाको व्यापार धानियो +२ का दुइबर्ष । झन्डै +२ सकिने बेलातिर hi5 भन्ने सुनियो, राम्रीहरूका फोटा पनि देख्न पाइने । Facebook २००४ मै बनेको रे तर मैले २००८ तिर मात्र थाहा पाएँ । अझै मलाई hi5 मै टेस पर्थ्यो । फेसबुक त पछि आएको नयाँ जस्तो पो लाग्थ्यो । थोत्रो मोबाइलबाट फोटा खिचिन्थ्यो अनि साइबर गएर “बफरिंग” झेल्दै १ घण्टामा दुइटा फोटा अपलोड गरेर गमक्क पर्दै फर्किन्थ्यो । बाटोबाटोमा गफ पेल्दै हिँडिन्थ्यो “hi5 यस्तो hi5 उस्तो” भन्दै । अझ hi5 भन्ने नसुनेकालाई त “तिम्लाई इन्टरनेट चलाउन आउँदैन हो ?” भनिन्थ्यो कि !

२००९ तिर अम्रिका पुगेको काकाको छोरोले “फेसबुकमा आउनु कि आउनु” भनेर करायो । अम्रिका पुगेकाले कर गरेपछि पक्कैपनि यो hi5 भन्दा Facebook नै राम्रो होला भनेर त्यता लागियो । सुरुसुरुमा खासै टेस पर्दैनथ्यो । तरुनीका फोटा हेर्नपरे hi5 नै खोलिन्थ्यो । पछि बिस्तारै त्यतै नसा बस्यो । पछि थाहा पाएँ मैले छोडेपछि hi5 पनि चल्न छोडेछ ।

Sunday, May 3, 2015

Home Early

A blonde guy gets home early from work and hears strange noises coming from the bedroom. He rushes upstairs to find his wife naked on the bed, sweating and panting. "What's up?" he says. "I'm having a heart attack," cries the woman.
He rushes downstairs to grab the phone, but just as he's dialing, his 4-year-old son comes up and says "Daddy! Daddy! Uncle Ted's hiding in your closet and he's got no clothes on!" The guy slams the phone down and storms upstairs into the bedroom, past his screaming wife, and rips open the wardrobe door. Sure enough, there is his brother, totally naked, cowering on the closet floor. "You rotten bastard," says the husband, "my wife's having a heart attack, and you're running around naked, scaring the kids!