गट्ठाघर सम्म मात्र हो म लुखुर लुखुर हिँड्नुपर्ने । त्यहाँ पुग्दा नपुग्दै एउटा महिन्द्राको
स्कोरपियो ‘प्याँ-प्याँ’ हरन बजाउँदै लीन आउँछ । बाटोमा घोप्टो परेर लडेको मोबाइल भेटेको छु आज त ! Iphone ! त्यै एप्पल कै Iphone ! मन
फुरुङ्ग छ । हिडेरै पुग्दिन्छु डिल्लीवजारसम्म
उस्तै परे ।
उ आए बुढा हरन बजाउँदै । म नजिक रोकियो स्कोरपियो । म ढोका खोलेर सानसँग छिर्छु भित्र, सधैँ यसैगरी ।
यी स्कोर्पियो वाला बुढा मेरा आफ्नै फुपाजु पर्छन्, टाढाका । म बाग्लुंगबाट काठमाण्डौ आउँदा हाम्रो वरिपरिमा यीनै बुढा मात्र थिए यो खाल्डोमा बस्ने । अनि नजिकका फुपाजु नभनी सुखै थिएन । असाध्य माया गर्छन् । सधैँ डिल्लीवजारसम्म आफ्नै गाडीमा पुर्याउन आउँछन् मलाई । मलाई पुर्याउन मात्रै चाइ आउँदैनन् बुढा । डिल्लीवजार मै हो इनको अफिस पनि । एउटा नामुद बैकको HR मेनेजर हुन् । मलाई यो फाइनान्स कम्पनीको अकाउन्टेन्ट बनाइदिने पनि यीनै बुढा हुन् ।
BBS पास गर्ने बित्तिकै जागिर पा’को हुम् । बेरोजगार भएर कसैको लागि ढुंगा हान्न हिँड्न परेन । ठुलै गुन ला’काछन् । म सधैँ यही स्कोरपियो बाट झर्छु डिल्लीवजार चोक देखी अलिक माथि पट्टि । अनि यो रातो रँगले पोतेको बिल्डिंगको तेस्रो तलामा उक्लिन्छु । बुढा मलाई झरालेर आफ्नो अफिसतिर हिँड्छन् । मलाई चाहिँ ड्राइभरले मालिकलाई अफिस छोडेर घर फर्के जत्तिकै सान पर्छ ।

मेरो अफिसमा काम मारामार छ । खाता पल्टाएर एकछिन खाता सार्यो अनि दिनभरि आँखा झिमिक्क पनि नपारी अघिल्तिरको कन्सल्टेन्सीमा आउने राम्री ठिटीहरूलाई हेरिरह्यो । अनि तिन बजेतिर त्यहीँ तल कुनामा राखेको ठेलामा म:म: खान गयो । उपाध्या बाहुनको फेब्रेट “बफ म: म:” र तिलको झोल । उता गाउँमा हजुर बा भैसी खानेलाई छुन्नन् यता म भैसी बाहेकको म:म: नै छुन्न । त्यही छ सस्तो र मीठो । अनि ज्यान पनि धानिन्छ बेलकी सम्मलाई । हजार हजारका नोटहरूको बीचबाट साना नोट निकालेर बुझाउँछु अनि हिँड्छु सधैँ । तलब बुझेको सोर्ह हजार रुप्याँ नसक्कीदासम्म पर्स मै हुन्छ मेरो।
पाँच साढे पाँचमा म हिँड्न तयार भएर तल झरिसक्नुपर्छ । मलाई लीन
त्यै स्कोरपियो आउँछ । ढिलो गरेँ
भने १५ रुप्या खर्चेर कोच्चिदैं जानुपर्छ बसमा । कहिले त
७ बजेसम्म पनि कुरेको छु मैले त्यो गाडीलाई, १५ रुपियाँ जोगाउने चक्करमा । आफ्नो हातको कुरो भएन । उनको काम चाँडो सक्किए चाँडो हिँड्छन् ढिलो
सक्किए ढिलो हिँड्छन् । गुन
मान्न पर्ने कुरो के छ भने; मेरो अफिसनिर पुगेपछि एकलट ‘प्याँ-प्याँ’ चाहिँ सधैँ
पार्छन् है ।
बिहान उठेर बिस्तरासँगै टाँसिएको किचन र्याकमा ठस्-ठस् कन्दै कुकर
बसाल्यो, तरकारीमा झोल हाल्यो, दुइ थाल बजायो, हतार हतार लुगा लाएर गट्ठाघरसम्म हिँड्दै
गयो अनि त्यै स्कोर्पियोमा चढेर डिल्लीवजार झर्यो । दिनभरि कामभन्दा धेरै कन्सल्टेन्सीतिर फर्केर
आँखा सेक्यो । बेल्की फेरी त्यै
स्कोरपियो चढेर घर फर्क्यो । यही हो
मेरो दैनिकी ।
दुइचार दिनदेखि ख्याल गरिराको छु; त्यो कन्सल्टेन्सीको छेउबाट एउटी
राम्री मलाई हेरिराकी हुन्छे । असाध्यै
राम्री ।
परी जस्ती । आजसम्म परि देखेको त छैन तर धेरै राम्री भएसी परि जस्ती भन्नु पर्ला नि ! म ताइरेले त नआँटे हुन्छ । मरे पट्टिन्न । तर किन हेर्छे मलाई ? सधैँ म गाडी चढ्दा र झर्दा
हेरिराको देख्छु । कि
फुपाजु बुढालाई हेर्छे हँ ? हैन, यस्ता सुड्डालाई हेरेको त मरे हैन । कि उस्तै उस्तै अनुहार वाला चक्कर हो, हिन्दी
फिल्मको जस्तो ?
आज त म:म: खादै गर्दा नजिकै आइ ठिटी ।
कस्तो मीठो है यहाँको म:म: ?
चिन्दै नचिनेकी केटी एक्कासि यसरी बोल्छे ।
ठुलै रेस्टुरेन्टमा पनि पाइँदैन यस्तो त ।
अझै थप्छे ।
ठूलो रेस्टुरेन्ट काँ छ तनी यता नजिक त ! मैले जवाफ फर्काएँ । के के न ठूलो रेस्टुरेन्टमा खाने बानी परेको झैँ ।
उसले पनि एक प्लेट म:म: मगाई । खाइसकेपछि म जान्ने पल्टेर चिन्दै नचिनेकी केटीको म:म: को पैसा तिर्न खोजेँ । उसले भो पर्दैन पर्दैन भन्दै नाटक गरी । बोको पनको पनि हद भयो, मैले पैसा नतिरी नछोड्ने भएँ । तीनै हजार हजारका नोटहरूको बीचबाट सय निकालेर दिएँ ।
अरू बेला पतर पतर बोलिरनुपर्ने म, आज चुपचाप छु । ठिटीको अगाडी ओठ सुके, आवाज बन्द भयो सायद । फर्केर अफिस छिर्ने ठाउँमा पुग्ने बेलामा उसले नै मौनता तोडी । तपाइको अफिस हो त्यो ? तेस्रो तल्लामा देखाउँदै । हो, त्यहाँको सबै काम मैले नै गर्नुपर्छ । अरू त नामका कर्मचारी मात्र हुन् । भारी बोक्ने गधा त मै हुम् ।
सबै काम मै गर्छु भन्दा फाइनान्स कम्पनीको मालिक नसंझेली नि ! झूट बोलेर यो राम्रीलाई पटाउनु छैन तर अलि अलि सान दिन चाइ मन लाइहाल्ने ।

त्यो राम्रीको नाम समीक्षा रे ! भोलिपल्ट मात्र सोध्न सकेँ । त्यो समीक्षा, म विबेक
। केहीगरी पट्टिहाली र भोलि बिहे भयो भने छोराको
नाम सबिन राख्नुपर्छ । रकिंग छ
नि नाम त ! छोराको नाम सुनेरै अड्कल काट्लान् बाउ सबिन राइको फ्यान भनेर । छोरो नै होला र ? छोरीको नाम नि सोचिराख्नु पर्यो
नि ! आSS यसमै दिमाग नि खियाइन भो अहिले ।
अब त दिनदिनै खाजा खान मसँगै आउन थाली यो केटी । पैसा तिर्न नपर्ने भएर त होइन होला नि ! कि मेरो साँच्चिकै
लभ परेछ हँ ? काम छोडेर सधैँ कन्सल्टेन्सी तिर चिहाउने आँखा अचेल उ तिर मात्रै
चिहाउछन् । काम गर्न पटक्कै मन
लाग्न छोड्यो । खाना चाइ दुइ थाल नै
छ है अझैसम्म ।
उ सधैँ खाजा खान आउँछे अनि ठेलाको छेउमा मसँग टाँस्सिएर उभिन्छे । पर कन्सल्टेन्सीको झ्यालबाट एउटा नाक्चे बाहुन सधैँ हेरिरहन्छ । रिसले नाक फुलाएर बेसझैं । त्यो बाहुनको नाम सन्दीप, मेरी केटी समीक्षा । दाइ बहिनी जस्तो लाग्छ मलाई त । लाइन हान्छ कि भनेर कहिल्यै शंका गर्न मन पनि लाग्दैन । तर मुख फुलाए झैँ चाही किन गर्छ होला त्यो जेठान केटो ? ए, बैनी उडाउन लाग्यो भनेर होला नि ! मलाई के आँखा तरेको होला ! त्यसकै बैनीले मलाई उडाउन ला’की त हो ।
न उसले मलाई माया गर्छु भन्न सकेकी छे न मैले आँट गरेर अंग्रेजीका तीनटा शब्द बोल्न सकेको छु अहिलेसम्म । हामी मौन छौं तर हाम्रो माया दिन दुइ गुणा रात चौ गुणा बढिरहेछ । मलाई जस्तो उसलाई पनि त हुन्छ होला नि !
फेब्रुअरी लागेछ । प्रेमिल
जोडीहरुको महिना । यसपाली
त ‘भ्यालेन्टाइन्स डे’ मा म
नि सानसँग उसको हात समातेर हिँड्ने हो बाटो बाटो । पोहोर
परार साल कम्ता पिर पर्थेन, च्यापेर हिँड्ने एउटी केटी नहुदा ।
सधैँ खाजा खादा मात्र भेटिने केटी आज त म गाडीबाट झर्ने बित्तिकै देखिइ । हातमा गुलाबको फुल छ । अनि गुलाबको फुल मतिर तेर्स्याउँदै “ह्याप्पी रोज डे” भन्छे । म एकटक उसलाई हेरिरहन्छु । मुखबाट एक शब्द फुट्दैन । मनले मनसँग इन्टरभ्यु पो लीन थाल्यो । यो रोज डे मा रोज मैले दिनुपर्ने होइन ? के भन्छ होला शास्त्रले ? ह्या जेसुकै भनोस् । दुई मुटु एक हुने बेलाँ पनि हिसाब गरेर हुन्छ त ! जसले दिए पनि दिए भैहाल्यो नि ! सधैँ मेरो खल्ती रित्याउथी आज आफ्नो खल्तीबाट ५० रुप्याँ खर्छ गरि तनी, ठिकै त छ । मेरो मुखबाट बल्ल आवाज निस्किन्छ । थ्यांक्यु ! एण्ड विस् यु टू !

हरेक दिन स्पेसल यो फेब्रुअरीको त । रोज डे बाट सुरु भएको प्रेम दिनदिनै अझै
महत्वपूर्ण हुँदै अघि बढ्ने । मेरो
मोबाइलमा हरेक दिन म्यासेज आउन थाल्यो अब । ह्याप्पी
रोज डे, प्रोपोज डे, चकलेट डे, टेडी डे... ! जे जे म्यासेज आउँछ त्यसैमा सेम टु यु
र विस् यु टू” रिपलाई गर्दै बस्छु म । अनि “लभ यु टू” भन्ने दिन कुर्दैछु । यत्रो कदम केटीले नै चाली भने अब यसैले
टुंग्याउली नि भन्ने आश छ मलाई ।
मलाई फेब्रुअरीको कुन तारिख कुन डे भन्ने केही याद हुँदैन । मलाई त उसको सधैँ धपक्क बल्ने अनुहार, मान्छे
खुत्रुक्कै ढाल्ला जस्तो हेराइ अनि त्यो मुस्कान मात्र याद हुन्छ । अफिसको ठेगाना चाही याद हुन्छ । किनभने त्यसको अघिल्तिरको कन्सल्टेन्सी मै हो
त्यो परी दिनभरि बस्ने । मेरो
संसार त्यत्ति मात्र त हो अब ।
कन्सल्टेन्सीको छेउबाट चिहाउने परी आज देखिन त मैले । मन बेचैन छ उसको दर्शन गर्न । भर्याङ्ग उक्लिनै
लाग्दा पछाडिबाट ढाडमा प्याट्ट हान्यो कसैले । म फर्केँ । उसले गर्ल्याम्म अँगालो हाली । मैले तिन लोक एकै पटक देखेँ । यो अँगालो यति शक्तिशाली लाग्दैछ कि मानौं;
यसैबाट बिजुली निस्किन्छ, मोटर चल्छ, यसैबाट रकेट उड्छ अनि यसैबाट संसार चल्छ । ऋषि विश्वामित्रको तपस्या किन तोडिएको रैछ भन्ने
बल्ल बुझेँ मैले । मलाई
चिरिप्प च्यापेका हात खोलिए अनि उसले भनि “ह्याप्पी हग डे” ! मेरो पेट कटक्क
काट्यो, मैले टोइलेट सम्झिएँ । त्यो
मेरो मानसिकता मात्र हो, टोइलेट त म बिहानै ग’को हुम् ।
सधैँ उसले मात्र याद गर्नुपर्ने ती विशेष दिनहरू ? अब म पनि याद गर्छु
। आज किस डे, भोलि भ्यालेन्टाइन्स डे ।
आज त ज्यान त्यसै एक्साइटेड छ । किस डे । गाडीबाट झर्ने बित्तिकै देखेँ त्यो चम्किलो अनुहार । तर त्यो अनुहार सधैँ जस्तो म तिर अघि बढेन । न मैले नै उ तिर अघि बढ्ने आँट गर्न सकेँ । किस डे ले त मलाई सार्है नर्भस बनायो यार । उसले पनि अँगालो हाल्न जस्तो सजिलो मानिन क्यारे !
खाजा खाने बेला उ सधैँ झैँ मसँग टाँस्सिएर उभिइ । म:म: सँग आज चटनीको साटो म्वाइँ खालि कि भन्ने कत्रो आस ! अहँ खाइन । म डरछेरुवाले पनि केहि गर्न सकिन ।
ती गाडीवाला बुढा आज तिन बजे नै पो हिँड्न थालेछन् । प्याँ-प्याँ हरन बजाए । मैले म:म: च्यापेको मुख नखोली अहिले नै नजाने इसारा गरेँ । बुढा हानिए ।
हैन, घरमा बुढी भ’का बुढालाई पनि किस डे के विधि लागेको हो ! बोको जति बूढो भएनी बोको नै हुनेरैछ । अनि पैसावाललाई तरुनीको के कमी । अरू कुनै कामले हिँडेका पनि त हुन सक्छन् । भुत्रोको काम हुन्थ्यो अरू ! सधैँ पाँच बजे अघि पाइला नसार्नेको आजै काम पर्छ ?
सधैँ ठिटीको खाजाको पैसो तिर्दा मलाई केही भएन तर आज गोजीबाट १५ रुप्याँ तिरेर बसमा जानु पर्दा बुढालाई मनमनै गाली नगरी बस्न सकिन ।

५ बज्यो । म झोला भिरेर बसपार्क सम्झिदैं तल झरेँ । मेरी परी पहिले नै तल उभिएकी रैछे । म सधैँ गाडी चढ्दा र झर्दा त्यही उभिएर हात हल्लाउने गरेकी थिइ उसले । अनि घर जाने होइन ? मैले सोधेँ । तिमी गएपछि जाने । जबाफ फर्काइ । सायद मेरो ड्राइभर गएको नदेखेर मलाई हात हल्लाउन कुरेकी होली । मैले उसको हात समातेँ र भने “हिँड बसपार्कसम्म सँगै जाने” ।
उ अचम्म मानेझैं मसँग जोडिएर हिँडी । बसपार्क पुग्नै लाग्दा उसले सोधी; आज चाहिँ किन बसमा नि ? मेरो ड्राइभर गैसक्यो त ! मैले हाँस्दै भने । कस्तो छुच्चो, आफ्नो ड्याडीलाई पनि ड्राइभर भन्ने ।
लौ यसले त ती फुपाजुलाई मेरो बाउ भन्ठानेकी रैछे । त्यो गाडी वाला मेरो ड्याडी कहाँ हो त ! टाढाका फुपाजु बुढा हुन् ।
उसको चम्किलो अनुहार एक्कासि अँध्यारो भयो । एकछिनसम्म चुप लागि अनि फेरी सोधी; त्यो फाइनान्स कम्पनी पनि तिम्रो होइन ? त्यत्रो कम्पनी मेरो कहाँ हुनु, म त त्यहाँको अकाउन्टेन्ट हो । यसपाली मैले सिरियस भएर जबाफ दिएँ ।
त्यो अनुहार अझै कालो भयो । रिसले नाकका प्वाल फुले । पहिले किन भनेनौ ? तिम्ले किन झूट बोलेको मलाई ? यू लायर ! उ एकोहोरो बोली राखी । मैले स्पष्टीकरण दिन खोजेँ । मैले के झूट बोलेँ र तिमीसँग ? उसले रिसको अर्को कालो मुस्लो छोडी । सट् द फक् अप् !
खल्तीभरिको पैसा, सधैँ चढेर आउने गाडी, हातमा Iphone अनि फाइनान्स कम्पनीको सबै काम गर्ने देखेर होला
सायद उसले मलाई पैसावाल सम्झेको । त्यसैले
यति सजिलै नजिकिएकी होली । नभए
त्यति राम्री ठिटी पटाउने खुबी कहाँ छ र म मूलाको ।
सधैँ ठेलाको म:म: मात्र खाने, दिनभरि कन्सल्टेन्सी तिर फर्केर बस्ने फुर्सदिलो मान्छे त्यत्रो कम्पनीको मालिक हुन सक्दैन भनेर अनुमान लगाउन पनि कति गाह्रो परेछ उसलाई ! पैसा मात्र देख्ने दिमाग अन्त कसरी चलोस् ।
अब मेरो कुरा सुन्न कुनै इच्छा रहेन उसको । फोनमा कसैको नम्बर थिची । एकैछिनमा त्यै कन्सल्टेन्सीको नाक्चे बाहुन बाइक लिएर आयो । मैया एक शब्द पनि नबोली त्यो बाइकमा चढी । चर्याप्पा समातेर टाँस्सिइ । बाइक घुइँकियो । किस डे मा मलाई ठिस् बना’र गइ मोरी । म ट्वाल्ल परें । टाउको भारी भएर आयो । भोलिको दिन याद आयो । भ्यालेन्टाइन्स डे । सारा आशाहरु तुहिए । पोहोर साल जहाँ थिएँ यसपाली पनि त्यहीँ रहेँ म । भोलि फेसबुक खोल्ने अनि फेरी त्यही स्टेटस । Friends are dating and I’m updating !!
- काफ्ले

No comments:
Post a Comment